नागरिकका समस्या बुझ्दै जनप्रतिनिधि

दैलेख : गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार सञ्चालनमा चुनिएका जनप्रतिनिधि नागरिकका समस्या समाधान तर्फ जागरुप भएका देखिन्छन् । जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्दै आएका स्थानीय सरकारका प्रतिनिधिहरुले जनताका समस्या बुझ्न पछिल्ला दिनहरुमा गाउँ वस्ति अभियानलाई तिव्रता दिएका छन् ।
बर्खायामसँगै गाउँ वस्तिमा आएको विपद् व्यवस्थापनका लागि नारायण नगरपालिका ६ र ७ वडाले वडा भित्रका विभिन्न टोल वस्तिमा पुगेर नागरिकका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
केहिदिन पछि वर्षातसँगै आएको पहिरोले कृषकको धान खेतीमा पु¥याएको क्षतिका बारेमा नारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक न्यौपाने र ७ का वडा अध्यक्ष खड्कबहादुर शाहीले सोमबार विभिन्न वस्तिमा अनुगमन गरेका हुन् ।
नगरपालिका कृषि शाखा, जिल्ला कृषि विकास कार्यालय वडाका जनप्रतिनिधि र दैलेख प्रशासनबाट संयुक्त रुपमा गरिएको अनुगमनमा वर्षातपछि आएको पहिरोले किसानलाई पारेको समस्या क्षतिको विवरण संकलन गरिएको छ ।
किसानका समस्या बुझन वस्तिमा पुगेका वडा नम्बर ६ का वडा अध्यक्ष जनक न्यौपानेले नागरिकलाई परेको समस्या समाधानकालागि तत्काल पहल गरिने बताए । ‘वर्षातपछि आएको पहिरोका कारण किसानको धानवालीमा पु¥याएको क्षती र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर वस्तिमा आएका हौँ, क्षतीको विवरण संकलन गरी वडा स्तरबाट हुने काम अगाडि बढाउँछौँ, सम्भव नहुने समस्याको समाधानका लागि सम्बन्धित निकायमा पहल गर्छाैँ’, अध्यक्ष न्यौपानेले भने ।
नारायण नगरपालिका वन वातावरण विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा अध्यक्ष न्यौपानेले नगरपालिकाका ११ वटै वडाहरुमा वर्षातपछि पुगेको क्षती लगायतका बारेमा अनुगमन/अध्यन गरिने बताए । ‘सबै वडामा क्षतीको अध्ययन गर्छौँ, देखिएका समस्याको प्रतिवेदन निर्माण गरी समाधानका लागि प्रदेश र संघीय सरकासँग पहल गर्छाै’, उनले भने ।


सोमबार नारायण नगरपालिका वडा नम्बर ६ र ७ को विजउरा लगायतका टोलहरुमा गरिएको अनुगमनबाट वर्षातपछि आएको पहिरोले केही किसानको धानखेत बगाउँनुका साथै पुरेको पाइएको छ । किसानहरुले बाढिबाट भएको क्षतीको विवरण संकलन गरी स्थानीय सरकारलाई राहतको व्यवस्थापन गर्न माग गरेका छन् । वर्षात पछि आएको बाढिले निर्माण गरिएका सिंचाई कुला समेत बगाएको पाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार